हाम्रा पूर्वजहरु वि.सं. १९०३को भण्डारखाल पर्वबाट ज्यान जोगाउनका खातिर काठमाण्डौ इन्द्रचोकबाट तनहुँको गल्बुगाउँमा आइबसोबास गरेका हुन । कर्लुङ मौजा भित्रका भादगाउँ , ठूलोगाउँ , रतौली खकौली दरै गाउँ हुन भने यिनै गाउँहरुको बीचमा रहेको शिखर नै गल्बु गाउँ हो । एउटै गाउँबेसीमा बस्ने दाजुभाइहरुको संस्कृतिका विषयमा अध्ययन गर्ने मन भयो । व्यास नगरपालिका वडा नंं १ स्थित भादगाउँमा सोहरार्इंमा जाने निधो गरियो । मलाइ सोहरार्इंको कार्यक्रम तिहारै औंसी हुन्छ भन्ने पूर्ण विश्वास थियो । त्यही अनुसार जाने निधो गरेको हुँदा दरै संस्कृतिका विषयमा हल्काफुल्का अध्ययन गर्दै थिएँ । २०८० कार्तिक २४ गतेका दिन सूर्यमुखी कृषि सहकारी संस्था लि.को साधारणसभामा सहभागी हुन गएँ । सो सभामा भतिज खुनबहादुर(इश्वर) दराई सङ्ग भेट भयो । तोकिएको समयमा सभा सञ्चालन हुने अवसर जुरेन । फर्सदको क्षणमा काका भतिजको छलफल भए । छलफलमा दराईहरुको सोहरार्इंले पनि प्रश्रय पायो । तिहारे औंसी आउने अघिल्लो शनिवार सोहरार्इं हुने कुरा भतिजले बताए । भतिजले भादगाउँ ( रुकुमकाली भगवतीको पैतालाको पूजा हुने स्थान पादगाउँ ) मा दुइठाउँमा र कमलावारी समेत तीन ठाउँमा मृतकको सोहरार्इं हुने थाहा भयो । विहानै आठबजे जाने सहमती भयो । प्रहार अनलाइनका सम्पादक शङ्कर नहर्की र कान्तीपुरका सम्बादाता पूर्ण बि.के.लाई पनि खवर गरियो । जिल्ला प्रशासनचोक स्थित इन्दुमैयाँको होटलमा बिहानको ७ बजे चिया पान गरेर गणेशमान चोक हुँदै भादगाउँ जाने विचार भयो । गणेशमान चोकमा भतिज खुनबहादुर दराई सङ्ग भेट भयो । काका भतिज भएर पहिला माहिलो डाँडा गइयोे । हिंजोको दिन खेतमा बाँधकुलो गर्दा सङ्गसङ्गै खेले डुलेका साथीहरुमा भादगाउँ दिरखाँदी खानेपानी योजनाका अध्यक्ष चिजबहादुर दरै, विष्णुबहादुर दरै, काशीराम दरै लगायतका धेरै दाजुभाइ सङ्ग भेट हुने सुअवसर भयो । सर्वप्रथम मृतकको प्रतिक फूलो राख्ने टाँटी बनाउँदै गरेको हेर्ने सुअवसर मिल्यो । चिजबादुरजीले माहिलो डाँडाबाट भादगाउँ जाने प्रस्ताव गर्नु भयो । हामी तीनजना विहान १० बजे तिर भादगाउँको ठूलोगाउँमा झरियो । त्यहाँ पनि मृतकको प्रतिक फूलो राख्ने टाँटी बनाइदै थियो । तमबहादुरजी यमबहादुरजी, माइला गुरौ काशीराम , नरसिंहबहादुर दरै , नेत्रबहादुर दरै, बुद्धिमान दरै, मखमली दरै ,यमबहादुर दरै , चौतारे सुकबहादुर दरै, मुखिया कमलबहादुर दरै, चेतबहादुर दरैहरुका वंशधरहरु र देउराले खलकका दाजुभाई सङ्ग भेट हुने सुअवसर मिल्यो । आफ्नो रहन सहन र परम्परागत संस्कृति संरक्षण सम्वर्धनमा एकजुट हुने विषयमा हाम्रो मतैक्य रह्यो ।
हाम्रा छिमेकी दराइहरुको सोह¥याई औंशीको अघिल्लो शनिवार गर्ने पं्रचलन रहेछ । सोह¥याई ब्राह्मण क्षेत्रीले गरिने वार्षिक श्राद्ध सरहको एक वार्षिक पाब्नी ( कार्यक्रम ) रहेछ भन्ने ज्ञान भयो । हुन त पहिले पहिले औंसीको अघिल्लो बिहीवार देखि सुरु गरेर शनिवार सम्म बरखी चोख्याउने सोहरार्इं गर्दथे । चितवन निवासी दराईहरु तिहारे औंसीको आउने पहिलो विहीवारबाट शनिवार सम्म तीन दिन सोहरार्इं पर्व मनाउने प्रचलन अद्यापि रहेको छ । पहला पहला सोहराइको दिश्रो दिन कालो सुँगुरलाई मियो बानेर वंशियार दाजुभाइ चेलीबेटीहरु र छिमेकीहरु पछिबाट हे मानुष तिमीले हामीलाई छोडेर गयो । यहाँ पनि सुखमै थियौ माथिल्लो संसरमा पनि सुख्खे सङ्ग बस भनी दुःखका त्गीतहरु गाएर दिनभर घुम्ने र साँझ पर्ने बेलामा मर्दना भएमा भाले कालोसुङ्गुर ( राँगो) र महिला भएमा पोथी कालोसुङ्गुरको भोग दिने गर्दथे । तर अहिले आर्थिक मितव्ययितालाई ध्यान दिएर तनहुँ पहाडखण्ड दमौली निवासी दरैहरुले तीन दिनको सोहराइलाई संक्षेपिकरण गरेर तिहारे औंसीको अघिल्लो शनिवार मृतकको घरमा गरिने चोख्यानी पर्व (सोहरार्इं )एक दिन मान्ने गरेको पाउँदछौं ।
प्रकृतिपूजाका उपासक केही दराइहरु आफूलाई हिन्दु र केही दराइहरु बौद्ध धर्मालम्वी मान्ने गर्दछन् । प्रकृतिका उपासक दराइहरुको हरेक कर्मकाण्डहरु वोन, हिन्दु र बौद्ध धर्मको रिमिक्स भएको पाउँदछौंं । तिनै कर्मकाण्ड मध्ये अहिले सोहराई पाब्नीको बारेमा चर्चा गर्न गइरहेका छौं । घरको मानिस मरेको सम्झनामा घरका कृयापुत्रीहरुले आफना वंशियार दाजुभाइ र चेलीबेटी र छिमेकीहरुलाई चोख्यानी पर्वमा सहभागी बन्न आफ्नो घरमा निम्ता दिने गर्दछन् । निम्तालाई सहर्ष स्वीकारेर वंशियार दाजुभाई , छोरी चेलीबेटी र छिमेकीहरु बिहानै देखि मृतकको घरमा जम्मा हुने परम्परा रहेको छ । जम्मा भएका वंशियार दाजुभाइहरु मृतकको घरमा बिहानै जम्मा भएर ढड्डीखर ( मोटोमोटो डाँठ भएको ढड्डीखर ) काटेर घरमा ल्याउने गदा रहेछन् । हामी त्यहाँ पुग्दा सम्म बिस्तारै चोख्यानी गर्ने घरमा अरु दाजुभाइहरु पनि आउँदै थिए । सबैजनाको सहकार्यमा ढड्डी खरबाट मृतक व्यक्तिको प्रतिमा फुलो – प्रतिमा) राख्न टाँटी बनाउने गरिन्छ । टाँटीलाई राम्रो र शोभायमान बनाउन सकियोस भनेर घरका छोरी बुहारी एवं चेलीबेटीहरु मिलेर सयपत्री फूल टिपेर ल्याउने र फूलका मालाहरु बनाइ रहेको पायौं ।
ढड्डी खरले ( मोटोमाटो डाँठ भएको ) बनाइको टाँटीे तिनै तिर बन्द गरिएको हुन्छ भने मृतकको फुलो राख्न मिल्ने गरी एकातर्फ खुल्ला राखिएको देखियो ।
टाँटी बनाउँदा , टाँटी भित्र फुलो राख्दा , फूलोलाई धुपदीप गरी प्रसाद चढाउने र संगसंगै बासी बजाउने र गीतहरु पनि गाउने गर्दा रहेछन् । त्यही टाँटीको खुल्ला भागमा मृतकको प्रतिमा स्वरुप भित्र तर्फ सालको पात राखेर बनाइएको मृतकको प्रतिकलाई सेतो कपडाले बेरर प्रतिमा बनाइन्छ जस्लाइ दरैहरुको शब्दमा फुलो भन्ने गरेको पाइयो । बाँसका साना भाटा र केराको पातले छाइएको उत्तर मुख भएको पितृ पूजापिठ बनाइने गरेको पाइयो । घरका भीत्र पिण्ड दिइने स्थान पितृहार बनाइन्छ । सालको पात र कपडाबाट तयार गरिएको पितृको मानवाकृति फूलो (प्रतिमा) राखेर दीप प्रज्ज्वलन गरेरर पितृपूजन गरिन्छ । घरभित्र र घर बाहिर कर्मकाण्ड गराउने पुजारी (ब्राह्मण) छुट्टा छुट्टै देखियो । फुलोको पूजापाठका सबै कर्म ब्राह्मणका रुपमा छोरीज्वाईले गर्ने प्रचलन रहेको छ । ब्राह्मण भूमिका निर्वाह गरी घरभित्रको पितृहारमा पूजा गर्न सिकाउने ज्वार्इंलाई बरदाने भन्ने गर्दा रहेछन् । किरियापुत्रीले प्रज्वलित दीपको पूजाआजा गरे पछि केराको पातको एउटा खोचामा सर्वप्रथम काँसको करुवामा रहेको जलले पितृको फुलोमा छोएर गण्डकीबाट ल्याएको पानले हात मुख गोडा धोइदिने गरिन्छ । बिहानको कर्म गराइ सकेपछि गण्डकी जलले फुलोलाई स्नान गराउने , जलतर्पण गर्ने, अर्को खोचामा मोत (जाँड ) अर्को खोचामा पितृलाई मन पर्ने खानेकुरा चढाउने गर्दछन् । पूजापाठ सकिए पछि मोत खुवाउने प्रचलन रहेको छ । तत्पश्चात घरका तर्फबाट एउटा सानो कुखुराको चल्लाको भोग दिइन्छ । घरको तर्फबाट कुखुराको भोग दिइए पछि मात्र चेलीबेटी (मृतकका दिदी बहिनी तथा छोरीहरु) को तर्फबाट ल्याइएका कुखखुराहरुको भोग दिइ रगत र कुखराको शिरभाग पितृहारमा चढौना चढाइ कुखुाको बाँकी शरिर चेलीबेटीलाई फिर्ता गर्ने प्रचलन रहेको छ । बलि चढौनाको काम सकिए पछि पितृलाई फुलोमा चढाउना राख्न माइत आएका चेलीबेटीहरुले सिधाको रुपमा एकमाना चामल जाँड तथा रक्सी लिएर आउने र चढाउने गर्दछन् । घरका सासु बुहारी अबिबाहित छोरीहरु, विवाहत छोरीहरु , विवाहति दिदी बहिनीहरु र छरछिमेकीहरुले पितृलाई पिण्डस्वरुप दाल ,भात, तरकारी, माछा, मासु र पितृका मनपसन्द चिजहरुमा सूर्ति चुरोट र सलाई लगायत बस्तुहरु अर्पण गर्दछन् । फुलोमा भात नचढाउँदा सम्म निम्तालुहरुले खाना खानु हुँदैन भन्ने मान्यता रहेको छ । पितृलाई भात चढौना चढाए पछि मात्र चेलीहरुले पितृप्रसादको रुपमा भात कुविण्डो ,कुखुराके मासु, आलु लगायत विविध तरकारी जन्य चिजहरु मिसाइ बनाइएको जोगी तरकारी खाने गर्दछन् । दराइ जातिहरुमा कुबिण्डोको तरकारी खाएमा जुठो चोखिन्छ भन्ने मान्यता रहेको छ ।
घरका सबै काम सम्पन्न गरे पछि मृतकको फूलोलाई डम्फु , बाँसी बजाउँदै नदीमा लैजाने गरिन्छ । नदीमा सेलाउन लैजाने बेलामा मृतकका छोराछोरीले टाँटी बोक्ने गर्दछन् । उखुका लाँक्रा , डम्फू बोकेर तयार भएका बंशीयार दाजुभाइ एवं छिमेकीहरु बांसी ( ओठमा राखी दाहिने कुमतिर फर्काइ बजाइने बाँसुरी भन्दा सानो बाजा ) बजाइ सुख दुःखका गीतहरु गाउँदै नाँच्दै नजिकको जलाशय ( दमौलीका दराइहरु सेतीमादी नदीमा ) मा जाने गर्दछन् । बाटो भरी एक आपसमा जिस्काउने र ठट्यौलीका साथ बर्दने त बर्दने तोरी फूले बर्दने भन्दै रमाइलो गर्दछन् । फूलोलाई नदीमा लैजाँदा बाटोमा भेट भएका दाजुभाइ तथा पराइजनलाई डाँड्ने परम्परा भएकोमा अहिले त्यस्तो गरेको देखिएन । किरियापुत्रीहरुले आफुले लगाएको कपडा सहित पितृको नाममा नदीमा स्नान गरे पछि दरैहरुले आफनो परम्परा तथा रीतिथिति विधि विधान अनुसार फूलोका पुःन पूजाआजा गर्दछन । पूजाको बेलामा पनि बासीको धुनमा गीत गाउने र नाच्ने गर्दछन् । पूजाआजा र धुप दीप गरे पछि मृतकको नामको फूलो सेलाउने बेलामा चेलीबटी तथा अन्य जननाहरुले दुइहातको अञ्जुलीले दाहिने देव्रे पारेर फुलोमा तीनपटक गण्डकीको पवित्र पानी चढाउने सेवाढोगका खातिर नमस्कार गरेर घर फर्कन्छन भने मर्दनाहरुले मृतकको फूलोमा पुजाआजा र धुप दीप गरे पछि पुरुष मृतक भएमा दुइवटा भाले परेवा र महिला मृतक भएमा दुइवटा पोथी परेवा भोग लगाइने गरिन्छ । भोग लगाए पछि पितृलाई भालदालभात माछा मासु र जाँड चढाउने गर्दछन् । सागर गएका सबैले फूलोमा भात चढाए पछि घरबाट लगेको फूल सहितको टाँटी र मृतकको प्रतिक फुलोलाई सेतीमादी नदीमा सेलाउने गर्दछन् । फुलो सेलाउने समयमा घरका तथा छिमेकीहरु मिली बाँसी बजाइ गीत गाउने र फुलो सेलाउने काम सम्पन्न भए पछि सबैजना पितृको नाममा दुइहातको अञ्जुलीले शुद्धपानी दाहिने देव्रे पारेर फुलोमा तीनपटक चढाउने र सेवाढोगका खातिर नमस्कार गरेर घर फर्कने गर्दछन् । घर फर्कदा बाटोमा र घर आइपुगे पछि मृतककोे नाममा धुपदीप गरेर मात्र वंशीयार , छिमेकी र चेलीबेटीहरु आआफ्ना घरमा फर्कने परम्परा रहेको पाउँदछौं ।
गाइ तिहारे र्औसीका दिन इष्टमित्र दाजुभाइ मृतकको घरमा जम्मा भएर गाइको गहुँत खाएर चोखो हुने र राता टिका लगाएर वर्षी फुकाउने गरिन्छ । वर्षि फुकाउने समयमा बांसी ( ओठमा राखी दाहिने कुम तिर फर्काइ बजाइने बाँसुरी भन्दा सानो बाजा ) बजाई सुख दुःखका गीतहरु गाएर रमाइलो गरेर समय बिताउने गर्दछन् । पहिले पहिले टिको फुकाउने काम मुखियाको घरमा हुने गर्दथ्यो तर आजकल दरै समाज भवनमा गर्ने प्रचलन कायम हुँदै आएको पाइन्छ ।