काठमाडौ । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एच’अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोविरुद्ध २-१ को पुनरागमनसहितको जित हात पार्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।
पछिल्लो तीन सिजनमा बार्सिलोना नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । सन् २०२०-२१ मा अन्तिम १६ मा पगेको बार्सिलोनाले त्यसपछिको दुई सिजन समूह चरण पार गर्न सकेको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन विगंरले पेपेले ३०औं मिनेटमा गोल गर्दै पोर्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने ।
३२औं मिनेटमा जाओ कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल गरे । कान्सेलोकै पासमा जाआओ फेलिक्सले ५७औं मिनेटमा विजयी गोल गरे ।