रणवीर कपूरको ५ सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘एनिमल’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    रणवीर कपूरको ५ सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘एनिमल’

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । बलिउड अभिनेता रणवीर कपूरको फिल्म ‘एनिमल’ ५ सय करोड क्लबमा समावेश भएको छ। 

    भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो अभिनेता रणवीरको ५ सय करोड भारू कमाउने पहिलो फिल्म हो। यसअघि उनको फिल्म ‘सञ्जु’ ले ३४२ करोड ५३ लाख भारू कमाएको थियो।

    साथै ‘एनिमल’ यस वर्ष ५ सय करोड कमाउने चौथो फिल्म बनेको छ। यसअघि फिल्म ‘जवान, पठान र गदर २’ ले ५ सय करोड भारू कमाएका थिए।

    ‘एनिमल’ ले १७ औं दिनमा ५ सय करोड कमाएको हो। आइतबार १५ करोड भारू कमाउँदै फिल्मले भारतीय बक्स अफिसमा ५१२ करोड ९४ लाख भारू कमाएको छ।