काठमाडौ । वास्तविक क्षेत्र अन्तर्गत रहेर रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा कार्यहरु गरिरहेको र त्यस प्रकारका कम्पनीहरुमा समेत पूँजी लगानी गरिरहेको यस कम्पनीले बिभिन्न प्रकारका महत्वपूर्ण प्रस्तावहरु पारित गरी सातौं साधारणसभा सम्पन्न गरेको छ |
यसै सन्दर्भमा कम्पनीले २०७८/०७८ को आम्दानीबाट दश प्रतिशत बोनस शेयर आम लगानीकर्ताहरुलाई दिने प्रस्ताव पारित गरेको छ | सभा मार्फत् यस कम्पनीले कर प्रयोजनको लागि रु तीन करोड़ बढ़ी रकम समेत छुट्टाएको छ ।
अधिकृत पुँजी ५ अर्ब रूपियाँ र जारी पुँजी ३ अरब ५१ करोड रुपयाँ भएको यस कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन् आउने रकम बराबरको सार्बजनिक शेयर बुक बिल्डिंङ प्रणाली मार्फत प्रिमियम मुल्यमा आइपिओ निस्कासन गर्नेगरि विशेष प्रस्ताव समेत पारित गरि आवश्यक प्रक्रिया धितोपत्र बोर्डमा प्रस्तुत गर्नेगरि अगाडी बढाउने निर्णय गरेको कम्पनी सचिब रोमनमान् श्रेष्ठले बताए ।
आरकेडी होल्डिंग अन्तर्गत टूरिज़म इंभेस्टमेंट फंड लिमिटेड, पंचासे केवलकार एण्ड टूर्स लिमिटेड, बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड, बिजबजार लिमिटेड, लर्ड बुद्ध इंटरनेशनल टूरिज़म गार्डेन, बन्दीपुर स्काईवाक् एण्ड रिक्रियसन प्रा लि, बन्दीपुर ब्यांक्युट एण्ड इभेंट प्रा लि, सिद्ध गुफा रोपवेज प्रा लि लगायतको कम्पनी लगानी समूह रहेको छ।