काठमाडौ । सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयले निगरानी गर्ने निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ ।
गृहले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूलाई गरेको परिपत्र सच्याइएको जनाएको छ ।
७७ जिल्लाका प्रजिअलाई बिहीवार दिउँसो पठाएको परिपत्रमा अनलाइन न्युज पोर्टल, फेसबूक, ट्वीटरलगायतका सञ्चारमाध्यक र सामाजिक सञ्जालको निगरानी गर्न सबै जिल्ला प्रशासन कार्यालयमा एकजना अधिकृत खटाउने उल्लेख थियो ।