हानेपा बागमती प्रदेश सरकारमा सहभागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हानेपा बागमती प्रदेश सरकारमा सहभागी

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८०, बिहीबार

    काठमाडौ । नेपाली पार्टी (हानेपा) बामगती प्रदेश सरकारमा सहभागी भएको छ।

    नेकपा (माओवादी केन्द्र) नेतृत्वको बागमती सरकारमा हाम्रो हानेपा संसदीय दल नेता शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका छन्। बागमतीमा माओवादी संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्।

    मुख्यमन्त्री जम्कट्टेलले हानेपाका सांसद बज्राचार्यलाई बिहीबार मन्त्री नियुक्त गरेका छन्।

    ‘हाम्रो नेपाली पार्टी सरकारमा आइसकेको छ। बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘आजै बेलुकी उहाँको शपथ हुन्छ।’

    यसअघि हानेपाले बागमतीमा मुख्यमन्त्री आफूहरूलाई दिनुपर्ने बताउँदै आएको थियो।

    २०७९ मंसिरमा भएको चुनावमा बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए।

    ११० सदस्यीय बागमतीमा बहुमतका लागि ५६ सांसदको साथ चाहिन्छ। यहाँ नेकपा (एमाले) का २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

    साथै बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ सांसद छन्।