तनहुँका दीपकसँग भएको सहमति कार्यान्वयन गरी उहॉलाई घर फर्काउने वातावरण बनाउन सांसद परियारको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका दीपकसँग भएको सहमति कार्यान्वयन गरी उहॉलाई घर फर्काउने वातावरण बनाउन सांसद परियारको माग

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८०, बुधबार

    काठमाडौ । राष्ट्रिय सभाका सदस्य पदम परियारले अपांगता भएका तनहुँ म्याग्देका दीपक भण्डारीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै परियारले सरकारले भण्डारीसँग गरेका सहमति कार्यान्वयनका लागि छिटो कार्यविधि बनाउन माग गरेका हुन् ।

    गत चैत ७ गतेदेखि शान्तिवाटिकामा पूर्ण अशक्त अपांगतालाई सहयोगी राख्न पाउनुपर्ने माग सहित धर्नामा बसेका भण्डारीसँग भएको सहमति अनुसार दुई हप्ताभित्र कार्यविधि बनाउने भनिएको र त्यसको एक हप्ता बितिसकेकाले छिटो भन्दा छिटो कार्यविधि बनाएर उनलाई घर फर्काउने वातावरण बनाउन परियारले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘सहमति कार्यान्वयन हुन्छ कि हुन्न भनेर उहॉ जेनतेन गरेर काठमाडौमै बसिराख्नुभएको छ । उहॉसँगको सहमति कार्यान्वयन हुन्छ भनेर सरकारले विश्वास दिलाओस् र घर फर्किने वातावरण बनाओस् ।’

    परियारले भर्ना अभियानलाई कर्मकाण्डी नबनाई त्यसका लागि विशेष कदम चाल्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् । अझै पनि गरिबीको रेखामुनी रहेका, अपागंता भएका बालबालिका विद्यालय बाहिरै रहेकाले भर्ना अभियानका बेला उनीहरुलाई कसरी समेट्न सकिन्छ त्यसका लागि ध्यान दिन आग्रह गरे ।