केपी ओलीले दिए सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओलीले दिए सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, मंगलवार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

    इलाम- २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै अध्यक्ष ओलीले इलामका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए ।

    उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

    साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएको छन् ।

    उनले लेखेका छन् ,‘ इलाममा सुहाङ,
    हार्दिक बधाई !!
    इलामका मतदातालाई धन्यवाद !!
    मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
    सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ।
    आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो ।
    हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
    फेरि बधाई सबै इलामेलीलाई !!’