काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।
आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।