काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’