दमौली, ८ चैत । जनज्योति क्याम्पस भिमाद-६ तनहुँमा शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा प्रमाण-पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका संयोजक हरिप्रसाद सुवेदीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति विप्लव भण्डारी, निवर्तमान सभापति विवश पराजुली (विनोद), स्वतन्त्र विद्यार्थी युनियनका सभापतिका प्रत्यासी उम्मेदवार अमृत गैह्रे लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै, क्याम्पस सञ्चालक समितिका सदस्यहरू जीवनाथ अर्याल, इन्दिरा खड्का, पदमराज सेन, आमन्त्रित सदस्य क्या. खड्ग बहादुर थापा, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, क्याम्पसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, आजै निवर्तमान सभापति विवश पराजुली (विनोद) ले नवनिर्वाचित सभापति विप्लव भण्डारीलाई कुर्सीमा राखी औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका छन् ।