तनहुँ-चितवन जोड्ने पुलबाट ६४ वर्षीय वृद्धको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ-चितवन जोड्ने पुलबाट ६४ वर्षीय वृद्धको उद्धार

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८२, शुक्रबार

    चितवन, २० असार । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ ।

    इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

    हाल काठमाडौं बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

    ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिए ।