रविको उदाहरण दिँदै भट्टराईले भने- विदेशी नागरिकता त्यागेर चुनाव लड्न आउनेलाई ‘कुलिङ पिरियड’ राखौँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रविको उदाहरण दिँदै भट्टराईले भने- विदेशी नागरिकता त्यागेर चुनाव लड्न आउनेलाई ‘कुलिङ पिरियड’ राखौँ

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८२, शुक्रबार

    काठमाडौ, २० असार । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले विदेशी नागरिकता त्यागेर चुनाव लड्न आउनेहरूको हकमा ‘कुलिङ पिरियड’ राख्न माग गरेका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार (आज) धारणा राख्दै भट्टराईले यस्तो माग गरेका हुन्।

    ‘कर्मचारीतन्त्रमा कुलिङ पिरियड राख्ने कुरा स्वगतयोग्य छ। अब अर्को एक ठाउँमा पनि कुलिङ पिरियड राख्न जरुरी छ। कुनै नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बनेको छ र फेरि विदेशी नागरिकता त्यागेर नेपालको नगरिकता लिएर आम निर्वाचन लड्न आउँछन् भने उनीहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ,’ भट्टराईको माग छ। 

    पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको उदाहरण दिँदै भट्टराईले कुलिङ पिरियड नराखे त्यो नेपालमाथिकै खतरा हुने बताएका छन्। ‘विगतमा यस्तो व्यवस्था नभएको कारणले कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेको कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी छ। नत्र भने आज विदेशी नगरिकता छोडेको हल्ला गर्‍यो। उताबाट विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै भोलिपल्टै नेपाली नगरिकता लियो। पर्सिपल्ट उम्मेदवार बन्यो। चुनाव लड्यो। यस्ता कदमले नेपाल राष्ट्रमाथि नै खतरा पैदा गर्दछ,’ उनले थप भनेका छन्।

    अमेरिका लामो समय बसेका रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिइसकेका थिए तर, पछि नेपाल फर्किएर चुनाव लडिसकेपछि उनले अमेरिकी नागरिकता त्यागेर पुन: नेपाली नागरिकता लिए। पछिल्लो निर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछाने २०७९ पुस १० गते पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए। पछि उनको मन्त्री र सांसद पद नागरिकता विवादकै कारण ‘कोल्याप्स’ भएको थियो। (नागरिक न्युजबाट)