महेश बस्नेतलाई साइवर व्युराेमा कागज गराइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महेश बस्नेतलाई साइवर व्युराेमा कागज गराइयाे

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८२, बुधबार

    काठमाडाै, २२ असाेज । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्।

    विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका हुन्। उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। 

    ‘उहाँ बिहान उपस्थित हुनुभएको हो। सरकारी वकिलको निर्देशन बमोजिम उहाँको कागज गराएका छौं। फर्किसक्नुभएको छ,’ उनले भने।

    यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो। तर अदालतले पुर्जी दिन अस्वीकार गरेको हो। पुर्जी दिन नमानेसँगै कागज गरिएको हो।

    कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको कार्यालयमा हुन्छ। बयान सरकारी वकिलको रोहबरमा लिने गरिन्छ। बयान कागज भने प्रहरीले आफ्नै कार्यालयमा लिन्छ।