


भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको ‘विशेष कार्यक्रम’लाई सम्बोधन गर्ने भएका हुन् ।
पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो ।
समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन् ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।