म र परिवारमाथि ज्यानै लिने मनासायले आक्रमण भयो, प्रतिष्ठा गिराउन झुटो प्रचार गरियो: देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    म र परिवारमाथि ज्यानै लिने मनासायले आक्रमण भयो, प्रतिष्ठा गिराउन झुटो प्रचार गरियो: देउवा

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०८२, मंगलवार

    काठमाडौ, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते मुलुक जलेका बेला आफू र आफ्नो परिवारमाथि ज्यानै मार्ने मनसायले हमला गरिएको टिप्पणी गरेका छन्। मंगलबार कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

    ‘सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे,’ देउवाले भने, ‘सुरक्षाकर्मीको घण्टौंको अथक प्रयाशपछि हामीलाई उद्धार गरिएको थियो।’  

    आफू र आफ्नो परिावारले भोगेको त्रासदीपूर्ण आक्रमण सबैले देखेको पनि उनले बताए। ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो,’ देउवाले भने।  

    ‘तपाईँहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु,’ देउवाले अगाडि भने, ‘मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।’