बिहारको मतगणना सम्पन्न– नरेन्द्र र नितिशको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    बिहारको मतगणना सम्पन्न– नरेन्द्र र नितिशको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८२, शनिबार

    भारत, २९ कात्तिक । बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।

    शुक्रबार बिहानबाट सुरू भएर राति ११:४५ बजे सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

    कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ।

    यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ।

    राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

    पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।

    अन्य दलहरूले ६ सिट जितेका छन्।