तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८२, आईतवार

    दमौली, २१ मंसिर । तनहुँमा शनिबार दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शनिबार साँझ करिब ५ः५० बजे बन्दीपुर गाउँपालिका–५ ढाबस्थित पृथ्वीराजमार्गमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको लु २८ प ७१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको डिभाइडरमा ठोक्किदा दुईजना घाइते भएका छन्।

    दुर्घटनामा मोटरसाइकल चालक देवघाट-२ का २३ वर्षीय झक बहादुर थापा र सवार मध्यबिन्दु–९ नवलपरासीकी २२ वर्षीया देउ कुमारी रेश्मी घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रारम्भिक उपचारका लागि मोती अस्पताल, डुम्रे लगिएको र थप उपचारका लागि सिएमसी भरतपुर, चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै शनिबार राति करिब १०ः४० बजे बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वीराजमार्गमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १२ प ५८८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा चालक घाइते भएका छन्। दुर्घटनामा गोरखाको पालुङटार नगरपालिका-७ गोरखाका २८ वर्षीय सन्तोष सुनार घाइते भएका छन् ।