पृथ्वीराजमार्गमा खसेको पहिरो पन्छाइएपछि सडक पूर्णरूपमा सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पृथ्वीराजमार्गमा खसेको पहिरो पन्छाइएपछि सडक पूर्णरूपमा सुचारु

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८३, आईतवार

    चितवन, ३१ साउन । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको सुख्खा पहिरो पन्छाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ।

    शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा नारायणघाट–काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणघाट आउने दुवैतर्फका सवारीसाधनको आवागमन अवरुद्ध भएको थियो।

    पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि आइतबार बिहान ६ः१५ बजेदेखि उक्त सडकखण्डमा दुवैतर्फका सवारीसाधनको आवागमन पूर्णरूपमा सुचारु भएको प्रहरीले जनाएको छ।

    सडक सुचारु भएसँगै पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।