तनहुँ : इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाललाई बिहीबार डुम्रेमा स्वागत गरिएको छ । स्थानीय सङ्घसंस्थाले प्रहरी निरीक्षक भुषाललाई स्वागत गरेको हो ।
उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनता र प्रहरीको साझेदारीबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । थापाले स्थानीय सरकारको तर्फबाट प्रहरीलाई पूर्ण सहयोग रहने बताउनुभयो ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले बजार व्यवस्थित गर्ने कुरामा उद्योग वाणिज्य सङ्घको सहयोग रहने बताउनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ देवान, बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोख्रेल, ५ का अध्यक्ष ध्रुवप्रसाद लामिछाने, नेकपाका नेताहरु हेमराज लामिछाने क्षितिज, विद्या लामिछाने, नेपाली काङ्ग्रेसका नेतृ रिता तिवारी, सरिता पिया, उद्योग वाणिज्य सङ्घ डुम्रे ईकाइका सभापति नेक महम्मद मिया, विमलनगरका गणेश तिवारी लगायतले प्रहरी र स्थानीयवासीबीच सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो क्रममा प्रहरी निरीक्षक भुषालले सबै पक्षसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।