तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार देवघाट निवासी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मेडिकल कलेजले सार्वजनिक गरेको विवरण अनुसार वडा नं ५ निवासी ३८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
मेडिकल कलेजमा सोमबार गरिएको २ सय ८२ नमूनामध्ये ७६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरेहनी नगरपालिका, राप्ती नगरपालिका, नवलपुरको गैडाकोट नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, नवलपरासीको बर्दघाट, गोरखाको सिरानचोक, मकवानपुरको हेटौडा, काठमाडौ, प्युठाको गौमुखी र पर्साको पर्सागढीका व्यक्तिहरुमा कोरोना पुष्टि भएको छ ।