पाेखरा : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा मंगलबार थप ३४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
संक्रमितमध्ये पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जा चापाकोटका १४ जना र लमजुङ सुन्दरबजार र मध्यनेपालका १/ १ जना रहेका छन् । यो सँगै प्रदेशभर संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।