तनहुँ : पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ । केही दिनदेखि अस्वस्थ गौतमको बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो ।
कम्युनिष्ट आन्दोलनका नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार अध्यक्ष समेत हुनुहुन्थ्यो ।
विगत केही समयदेखि विरामी पर्नुभएका गौतम चितवनस्थित अस्पतालबाट उपचार पश्चात् घर फर्किनुभएको थियो । गौतमको निधनले तनहुँले विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो ।