भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७७, बिहीबार

    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् । 

    पछिल्लो २४ घण्टामा ४७४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको छ । 

    भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

    यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको कुल संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म  कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ ।