सांसदको तलब आमा समूह र युवा क्लवलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सांसदको तलब आमा समूह र युवा क्लवलाई

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले मासिक पाउने तलब आमा समूह र युवा क्लवलाई हस्तान्तरण गर्नुभएको छ । सांसद श्रेष्ठले भानु नगरपालिका-४ स्थित मिलनशील आमा समूह र बन्दीपुर गाउँपालिका-४ स्थित खड्गदेवी युवा क्लवलाई रु ५०/५० हजार सहयोग गर्नुभएको हो ।

    पूर्व प्रतिबद्धता बमोजिम उक्त रकम आइतबार प्रदान गरिएको सांसद श्रेष्ठले जानकारी दिनुभयो । सांसद श्रेष्ठले निर्वाचित भएदेखि नै तलब बापतको रकम जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।