साना कुरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    साना कुरा

    प्रवेश पण्डित

    १५ पुष २०७७, बिहीबार

    नेपालको कुनै एक जिल्लाको सानो सहरको सानो घरको सानो कोठामा भविष्यको ठुला सपना पुरा गर्ने अठोटमा एक युवक आफ्नो घोक्रो सुक्ने गरि रट्दै थियो सदियौं जमाना अघी कसैले जम्मा गरेका शब्दका समुह। उ एक सादारण मध्यम बर्गिय परिवारो केटो जो आफ्नो र आफ्नो परिवारको सपना पुरा गर्न परिवार बाट टाढा बसि आफ्नो पढाई पुरा गर्दै छ। उसको नाम हो सुमन। उ र उसको सपनाको बीचमा आएको परीक्षाको तयारीको लागी कुनै कसर नराख्न र समय जोगाउने सोचले उसले खाना समेत बाहिर होटलमा गएर खाने गर्छ। यसरिनै दिनहरु भोलीलाई अङ्गाल्दै आज हुदै जाँदै थिए र सदै जसो आज पनि उ पढ्दै थियो, त्यत्तिकैमा किताब हेरि थाकेका उसका नयन टेबल मा राखिएको घडीमा गयो जसले देखाउदै थियो साँझको आठ र भन्दै थियो खाना खाने बेला भयो। आफ्नो पठनपाठन केहि समयलाई रोकि उ कोठाबाट निस्कियो र लाग्यो खाजा घर तर्फ जुन उसको कोठाबाट केहि पाइला मात्र टाढा थियो । दिनभरी भजन गाएझै कराउँदा थाकेको उसलाई बाहिरको चिसो हावाले अल्ली तंरङ्गित र सितल अनुभव गरायो। खाना खाने ठाउँमा पुग्छ र हेर्छ पसल सुनसान छ, उसले सोच्यो सायद अरु खाना खाने मान्छे खाएर गहि सकेको हुन पर्छ । उसले पसलको भाईलाई, भाई खाना लगाऊ भन्यो जस अनुरुप एउटा सानो सानो कद काँठि भएको एक युवक खाना लिएर आयो। त्यस युवक हेर्दा सारै सोझो र काम गराई हेर्दा मेहनेती पनि देखिन्थ्यो। अरु कोई नभएकाले खाना खाने क्रममा सुमनले त्यही युवक सङ्ग कुरा गर्दै खाना खान थाल्यो।

    यसै क्रममा उसले पाँच कक्षा सम्म पढेको र साथीहरुको लहै लहैमा लागेर भारत गएको र पढाई छोडेको कुरा बतायो। बताउँदै गर्दा उसले भारतमा काम गर्दाको पिडाहरू पनि बतायो जस क्रममा उसका आँखामा छर्लङ्ग पिडा देख्न सकिन्थ्यो। आफ्ना साथीहरु नपढि बिदेश गएको तर गएर आउँदा लगाएको राम्रो लुगा र बोकेको मोबाइलले गर्दा उ आफुँ पनि त्यस तर्फ आकर्षित भई आफु पनि बाहिर गएको तर सुख पाउने आसमा दुःख पाएको, पढ्न छोडेको र अहिले भने पढ्न छोडेकोमा पश्चताप भएको, उमेर करिब बिस एक्काईस को भएपनि आफुले विवाह गरी सकेको र एउटा छोरा पनि भई सकेको कुरा बतायो। आफू भन्दा कन्छोले छोरा भइसक्यो भन्दा खाना खाँदै गरेको सुमनलाई थोरै अनौठो लाग्यो। कद काँठि सानो हुदैमा पसलमा आउने उ भन्दा उमेरमा साना केटाहरुले पनि अपशब्द प्रयोग गरि गाली गर्ने, हेप्ने, खिल्ली उँडाउने भएकाले सारै दुख्ख लाग्ने र सानै उमेरमा परिवार बेढेकाले आफ्ना समस्या हरु पनि बढ्दै गएको कुरा बतायो। यत्तिकैमा सुमनले भन्याे, दुख सबैलाई पर्छ, दुख पर्दा नआत्ती जो अघी बड्दै जान्छ त्यसले नै आफ्ना सपना पुरा गर्छ। सपनाको कुरा सुनेर उसले आफु अहिले गरिरहेको कामले आत्तिएको र पछि एउटा टेम्पो किन्ने सपना रहेको कुरा बतायो। कुरा गर्दै गर्दा सुमनले उसको नाम जान्न चायो। त्यस युवकले आफ्नो नाम अर्जुन हो भनि भन्यो, सुमनले पुन पुरा नाम के हो भन्यो, उसले थर बाहुन हो भन्यो। सुमनले बाहुन पनि थर काँहा हुन्छ भनि बुवाको नाम सोध्यो, उसले हर्कलाल भन्यो । पुन थर पनि केही होलानी भनेर सोध्दा कुनै सानो जाति भनेर नेपालमा मानिने कुनै एक थर भन्यो र यो कुरा कसैलाई नभन्न अनुरोध गर्यो। खाना खाँदै गरेको सुमन आँफु समाजले तोकेको उच्च जातिको भएता पनि समाजले नै तोकेको सानो जातिले पकाएको खाँदा उसलाई केहि फरक परेन र उसलाई यस्ता कुरा ले केहि असर पनि गर्दैन थियो। त्यसैले सुमनले यति जाबो कुराले पनि थर लुकाउन पर्छ त भनि प्रश्न गर्यो। सुमनको कुरा सुनि अर्जुनले केहि दिन पहिलेको एक घटना सुनायो। उसले केहि दिन अघिबाट यहाँ कोई खाना खान आउने गरेको र त्यस मानिसले उ सङ्ग नाम थर सोधेको कुरा बतायो। उ आँफु त सोझो त्यसैले सोजो पारामा सबै भनेको तर केही समय पछि त्यस मानिसले आफ्नो साहु सङ्ग ठुलो श्वरमा कुरा गरेको र अर्को दिन बाट त्यो मानिस खाना खान पनि आउन छोडेको जसका कारण आँफुले साहुको गाली खाएको र त्यस दिन बाट फरक मानिसलाई फरक फरक परिचय दिँदै आएको कुरा बतायो। उसले थप्दै भन्यो तपाईंलाई दाई जस्तो सोचेर भनेको अरूलाई नभन्नु है। अर्जुनका ति कुराले खाना खाँदै गरेको सुमनलाई अचम्मीत पार्यो। अचम्मित भन्दा बढि दुःख लाग्यो र रिस पनि उठ्यो समाज का त्यस्ता ब्यक्ति सङ्ग जसले अझै पनि छोएको खानु हुन्न भन्दै हिँड्छन्। हामी देश बनेन भनेर नेतालाई गाली गर्छौँ तर आँफै बिर्सन्छौँ कि खास देश नबन्नु को कारण नेता मात्र नभई समाजमा जरो गाडेर बसेका धेरै सामाजिक कारण र कुरिती हरु हुन् । मानव मानव बिच अहिलेको एक्काइसौं सताब्दीमा पनि ठुलो सानो भनी भेदभाव हुने गरेको हेर्दा र सुन्दा आज देशको अवस्था यस्तो भएकोमा उसलाई केही नौलो र अनौठो कुरा लागेन। खाना खाँदै गर्दा र अर्जुनका कुरा सुनदा सुमनले समय बितेको पत्तो पाएन। घडीले धन्नै नौ बजाउँदै थियो । खाना खाँदा अर्जुनले उ सङ्ग गरेका कुरा सुनेर उसलाई आफ्नो परीक्षाको पनि होस रहेन , तर भोलि परिक्षा भएको र अझै पढ्न बाँकी रहेकाले सुमन त्यस पश्चात खल्लो मन लिएर आफ्नो कोठातिर लाग्यो।