काेभिड-१९, भ्याक्सिन र मेराे अनुभव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    काेभिड-१९, भ्याक्सिन र मेराे अनुभव

    दुर्गानिधी काैडाल

    १८ माघ २०७७, सोमबार

    नोभल कोरोना भाइरस कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो । त्यस लगतै बिश्वोभर यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड(१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९ भन्ने गरिएको थियो । कोभिड(१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।सोहि कोभिड(१९ महामारीले एक वर्षदेखि विश्वभरमा व्यापक रुपमा आतंक मच्चाइरहेको छ ।

    केही समययता कोभिड विरुद्धको खोप निर्माण भई अमेरिका, बेलायत,युरोप, बहराइन, चीन लगायतका अन्य मुलुकमा लगाउन समेत सुरु भइसकेको छ। युरोपेलि मुलुकहरुमानि खोप लागाउनी कार्य भएको छ।भने खोप पाउने पहिलो प्राथमिकतामा स्वस्थ्या छ्रेत्र्मा काम गर्नी र कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी छन् । हालै मात्र फाइजरको पहिलो र दोश्रो खोप लगाएका युरोपको साइप्रस को आर्कोनोलोस एल्ड्री नर्सिङहोममा सहाहेक नर्सको रुपमा कार्यरत दुर्गा निधि कौडालसँग खबरपुन्जले कुराकानी गरेकाे छ।कोरोना, कोरोनाका बिरामीहरुको हेरचाह गर्दाका तिता मिठा अनुभव अनि पहिलो र दोस्रो खोप लगाउँदाको अनुभव र कोरोना भाइरसले पारेको प्रभावबारे कौडालको अनुभव उहाँकै शब्दमा…


    म दुर्गा निधि कौडल “नबराज“, तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं १४ को स्थायी बासिन्दा हुँ । हाल अध्ययनको सिल्सिलामा म २ वर्षदेखि युरोपको साइप्रस को राजधानिको अमेरिकन कलेजको पोस्ट ग्राजुयेट विद्यार्थी हु।कामको सिलसिलामा म मेडिकलको बिध्यर्थी नभए ता पनि म निकोसिया स्थित आर्खेङोलोस मिखायिल नर्सिङ होम Archangelos Michael Eldery Nursing Home (AMEN) मा कार्यरत गर्दथे । केही स्वास्थ छेत्रको अनुभबका कारन काममा सजिलै थियो ।
    बिचमा विश्वभरि नोवेल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको अबस्था छ्दै थियो।जुन भाइरस्ले व्यापक गति लिएको थियो।यो कोरोना भाइरसले को धनी को गरिब, को बूढो को बाल बच्चा को सक्षम अनि को असक्षम कसैलाई छुट दिएको थिएन । विश्वकाे अन्य मुलुकमा पनि एस्ले द्रुत गति लिएको थियो । बिगत १ बर्ष देखिन कोरोना भाइरसले साइप्रसमा पनि कोरोनाको गति धेर थोर बडिरहेको थियो।काम हुनि विद्यार्थीलाई कोरोना अनि लक्डाउन्को चपेटा तेसैगरि काम नहुनी विद्यार्थीलाई काम नहुनुको पीडा अनि खाना कोठा भाडा तिर्नको कठिनाइ साथै कोरोनाको माहामारिले साबधानी अप्नाउदा अप्ननाउदै पनि सबै नेपाली विद्यार्थीहरुलाइ विविध तवर तरिकाले त्रसित गराएको थियो।म स्वस्थ्य छेत्रमा काम गर्नी हुदा काममा भने कुनै समस्या थिएन।तर कोरोनाको छुट्टै त्रास भने छ्दै थियोे ।कोरोनाको सावधानी साथ काम मा कोरोनाबाट सुरक्षा अपनाएर काम गर्दै थियो ।बेला बेला कोरोना टेस्ट भै रहेकै थियो। सुरक्षाको विधि सबैले मापदण्ड अनुसार अप्नाएकै थियो।दुइ पट्क सम्मको कोरोना टेस्टमा कोहि कसैलाइ कोरोना नदेखिएको भए पनि साबाधानी साथ कामलाई निरन्तर रुपमा गरि रहेका थियो।काममा रहँदा धेरै मानिससँग सम्पर्क हुने, भेटघाट गर्नुपर्ने भएकाले विशेष सावधानी त अपनाएकै थियोउ। जति सावधानी अपनाए पनि तेस्रो पटकको परिक्षणमा हामी सङै काम गर्नी नेपाली ६ जान साथिभाइहरु लगाएत ८ जना वृद्ध बिरामीहरुमा कोरोना पोजेटिभ देखिएको थियो।तर म लगायत केही नेपाली साथिहरु र बिदेशी सहकर्मी लगायत प्रसासनमा काम गर्नी कर्मचारीहरुमा भने नेगेटिभ देखा परेको थियो।
    यो चौतर्फी रुपमा फैलिएको कोरोना भाइरसले मेरो कर्मभूमिलाई पनि यस महामारीले छोडेन । मेरो नर्सिङ होममा ड्युटी भएकाले बिदा थिएन र नियमित काममा गइरहनु पर्दा थियो ।र झन केही सङ्गै काम गर्नी नेपाली साथी लगायत अरु साथीहरूमा कोरोना पोजेटिभ र ड जान बिरामीहरुमा पनि देखापरे पछि।पोजेटिभ देकिएका नेपाली साथीहरु लगायत अरु बिदेसि साथिहरु होम क्वारेन्टाइनमा बसे भने बाकी बिरामीहरुलाइ तेहिनै छुटै क्वरेन्टाइन्मा छुटै कोठामा ब्यबस्थापन गर्नी निर्णय प्रसासनले गर्यो। अब झन कर्मचारीको अभाव आएकोले बाकी पोजेटिभ देखा परेकाहरुले सबै समाल्नु पर्दा गारो पनि थियो।प्रसासन बाट कार्य बिभाजन गर्दा म सङै कोरोना नेगेटिभ देखा परेका बाकी को डिउटिको आधारमा म कोरोना डिपार्टमा रात्री सेवामा काम गर्नु पर्नी भनी खाटाएको थियो।म सङै दिवा सत्रमा काम गर्न जानले भने बिहान बाट बेलुका सम्म हेर्नी गर्दथिए।मैले रात्री सेवामा काम गर्नु पर्नी थियो।कोरोना बिभागमा तेस्बेला ड जान बिरामीलाइ छुटै आइसोलेसनमा राखिएको थियो।अब शोही दिनबाट डिउटिमा खटिनुपर्नी भयो।यो विषम परिस्थितिमा गारो साथै चुनौती पनि थियो र स्वास्थ छेत्रमा भएकोले त्यो हाम्रो काम कर्तव्यमा पर्दा थियो।र साथै त्यो हाम्रो धर्म पनि थियो ।

    पहिलो दिन कोभिड वार्डमा ड्युटी परेपछि मैले घरमा कल गरेंर जानकारी दिदै भने, मैले कोभिडका बिरामिलाइ हेर्न पर्नी भयो।र मेरो ड्युटी कोभिड रुममा परयो भनेर जानकारी गराए। सायद आमा बुबाले नि मन दर्यो पारेरनै यी कुरा भन्नू भएको छ।अफ्ना छोरा छोरिको कस्लाइ माया लग्दैन र तेहि माथी सात समुन्द्र पारी बिरानो देशमा भएको छोरोको। तर मन पथरको जस्तो कडा गरि केही कुनै प्रस्न नगरी उहाँहरुले यस्तो बेलामा आफ्नो ज्यान जोखिममा पारेर भगवान दाहिना छ्न तेहि माथी सामाजिक काममा जस्तो विषम परिस्थितिमानि पछि नपर्नी नेपालहुदा नि फेरि पनि यो चुनौती तलाइ आयो भनेर बुबा आमाले भन्नू भयो र येस्तो बखतमा गर्नु पर्छ केही हुदैन भन्दै अरुको सेवा गर्ने मौका सबैलाई प्राप्त हुँदैन तेहि पनि येस्तो विषम परिस्थितिमा भनेर भन्नुभयो । तिम्रा लागि यो अलौकिक र नौलो अवसर हो र तिम्रो पेसाले मागेको समय हो भन्नुभयो त्यसपछि भने मेरो हिम्मत पनि धेरै नै बढ्यो र त्यहि माता पिताको भनाइलाई सम्झदै काम सुरु गरे। हुन त हामीलाई अप्सनको विषय पनि थियो। तर एक न एक पटक त यो रोगको सामना गर्नु नै पर्छ, भागेर कहाँ जाने, कति भाग्ने भनेर डराइन। आखिर रोक लाग्नी बेला बाकस भित्र बसेनी अनि घनघोर जङ्गलमा रहेको पहरा भित्र आश्रित हुन गएनि लाग्नी बेला लागि हाल्छ।न त येस्ता रोग बाट भाग्न सकिन्छ न छेकेर छेक्न नै सकिन्छ भन्नी लग्यो।पहिलो दिन कोभिड वार्डमा ड्युटी गर्न जानू अघि सङै बस्नी साथिहरु लाई नि जान्कारी दिदै भने म कोभिड रुममा काम गर्नु पर्नी भयो सबैले आफ्नो आफ्नो ठाँउ बाट साबधानी अपनाउन सल्लाह दिए र म काम मा लागे ।

    सुरुको दिनबाट रात्री सेवामा डिउटी भएकोले एक्लै कोरोना बिरामी हेनुपर्नी भयो।तर कमजोर भएर रोगसँग लड्न सकिँदैन र बिरामीको हेरविचार गर्न सकिदैन भन्दै आफूले आफैंलाई सकारात्मक बनाएँ । यो सामान्य रुघा खोकीजस्तै हो। यसलाई सजिलै जित्न सक्छु भन्ने आत्मविश्वास थियो मसित। मलाइ कोरोना नेगेटिभ देखिएपनी कोरोना पिजेटिभ देखिएका बिरामीहरु सङ घुलमिलहुदा मेरो मन मा कहि कतै छुटै किसिमको डर त्रास पैदा भएको थियो।मेरो मानसपटलमा छुटै किसिमको छाल अनि तरङ्ग पैदा भएको थियो।अब के गर्नी होला।जुन सुखै बेला पनि सर्न सक्छ भन्नी कुरा खेलिरहेको थियो।सुरुको दिन प्रयाप्त स्रोत र साधन थिएन। पिपिई, मास्क जुटाउन तत्काल अवस्था थिएन। केही दिनमा सबै उपलब्ध भयो । सुरुका दुइ दिन कोभिडका बिरामीहरुमा केही समस्या देखिएको थिएन र दुई दिन पछि ती बिरामिहरु धेरै नै खोक्ने छातिको समस्या बिरामीहरुमा देखा परेको थियो। डाक्टरको सल्लाहा अनुसार तिनीहरुलाइ उनीहरु को निएमित औषधि र भिटामिनहरु जस्ले उनिहरुलाइ शक्तिशाली बनाइ कोभिड सङ जुद्न औषधि प्रयोग गरिएको थियो। साथै खोक्ने छातिको समस्या बिरामीहरुमा देखा परेकोहुनाले उनीहरुलाइ नेबुलाइजर मास्कको प्रयोग गर्नु पर्नी र बेला बेला तिनिहरुको स्वस्थ अबस्था लिनु पर्नी हुदा पटक पट्क बिरामी भएको ठाउँ जानू पर्नी हुन्थियो।त्यहा जादा तातो बाफ फैलिएको हुनि गर्मी भएको महसुस हुनि र उनीहरुले खोक्दा आफुलाइ नै छिटो सरि हाल्नी होकि भन्नी महसुस हुनि र आफ्नो कपाल नै हावाले हल्लिएको जस्तो महसुस हुनि हुन्थ्यो। मुखबाट निस्किएका ड्रपलेट कपालभरि अनि ज्यानमा प¥यो होला जस्तो आफुलाइ लाग्थ्यो। उनीहरु सङ घुलमिल हुनु पर्दा उनीहरुले जान अन्जानमा छुदा शरीरभरि कोभिड टाँसिएको छ कि जस्तो आफुलाइ महसुस हुनि गर्दथियो। कोभिड बेला बेला सबैमा चेक जाँच भएको थियो।के कति बिरामी हुन्छन्, महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा थिएन। सुरुमा सबै स्रोत र साधनको पनि सबै कुरा व्यवस्थित गर्न सकेका थिएनन्। ड्युटीमा ससाना कुराहरुमा समस्या हुन्थ्यो।

    साधारण रुपमा चेकजाचमा भित्र राति तीन पट्क जानू पर्नी थियो।प्रतेक पट्क तापक्रम, अक्सिजनको मात्र जाच गर्नु पर्दैथियो र रिपोर्ट सम्प्रेषण गर्नु पर्दथियो।र बाकी हेरबिचारको काम त छ्दै थियो।कोभिड रुममा काम गर्नी बाहिर बाट जानू पर्नी र बाहिरबाट आउनु पर्नी हुन्थियो।तेयस बेला केही कोरोना नलागेका नन कोरोना डिपर्ट्मा काम गर्नीले गरेको व्यबहार यो मानस पटलमा अजै ताजा छ।के के न हामी कोरोनाको डिपर्ट्मा काम गर्नी बाट कोरोना सर्छ झै गरि हामी बाट चारकोस पर भाग्नी गर्दथिए। तर प्रसासन बाट भरपुर साथ र सहयोग प्राप्त भएको थियो।सोहो सस्थका डाइरेक्टर तेहि नै बसि २४ घन्टा खटिएका थिए जस्ले गर्दा अज हामिलाइ साहास र हौसला प्रधान भएको थियो।बेला बेला हाम्रो सम्स्या र स्वास्थको बारेमा डाइरेक्टरले जानाकरी लिइरहेको हुन्थियो।जब द्द रघ दिन को कोभिड रुमको काम पछि फेरि कोभिड जाँच गर्नी स्वास्थकर्मी त्यही आएकाले जाच गर्न पर्नी भो।प्राय दैनिक अनि एक दिन बिराइ चेक जाँच भै रहने गर्द्थिथयो।चेक गर्न बस्दा र चेक गरि पछी रिपोर्ट को पर्खाइमा बस्दस के हुनि हो रिपोर्ट भन्नी मनमा कहुतुह्लता हुन्थ्यो।मुटुको ढड्कन बडे जस्तो हुनि चिट चिटा पसिना आउनी हुन्थ्यो। जब रिपोर्ट आउँदा नेगेटिभ भन्नी हुन्थ्यो।मन मा प्रसन्नता छाउदथियो।तर डिउटी लगातार रात्री भएको हुदा फेरि पीडा त जागी हाल्दथियो।अनि तेहि बेलाको जाचमा अरु द्द जना बिरामीमा पनि कोरोना पोजेटिभ देखा पर्यो साथै केही अरु थप कर्मचारीहरुमा नि देखियो।तेस पछि ड जान बिरामी मात्र भएका बिरामी ज्ञण् पुगे।सम्पुर्ण सामग्री पनि प्रयाप्त रुमा उपलब्ध भयो।डर भनी मनमा लागिरहेको थियो।जब डिउटिमा बस्दथिए मेरो मनमा अनेक तरङ पैदा हुन्थियो।कोरोना लागे के गर्नी पराइको देस भाशाको गार्यो।आथिक अभाव विद्यार्थी जीवन तेहि कामको पैसाले खानी बस्नी र कलेजको फि बुजाउनु पर्नी र बाकी रहेकोले आउँदा लागेको रिनको पनि बिचार गर्नु पर्नी हुदा यो मानसपट्लमा यी याबद कुराले पौठेजोरी खेलिरहन्थियो।जब सम्पुर्ण कपड़ा लगाएर कोभिड बिरामीको रुममा जादा डर लाग्नी जिउमा काडा उम्ररे जस्तो हुनि, शरीर भारी भएको अनुभव हुनि।धेरै जोगिनु पर्नी हुदा गा¥हो पनि थियो।त्यहाँ माथी एक्लै छुट्टै गाह्रो छदै थियो।कोरोना सरि हाले येस्तो हुन्छ रे उस्तो हुन्छ रे स्वस्थ्यमा असर आउनी जरो आउनी,स्वास फेर्न गारो हुनि हुन्छ भन्नी छुटै हल्ला अनि काम नि कोरोना का बिरामी सङ घुलमिल हुनु पर्दा त्यो याबद हल्लाले मलाई अनि मेरो मानस्पटल नै भुइचालोले हलाएजसरी हलाएको थियो।बिचमा केही बिरामिको अवस्था जटिल र केही को मिर्तु हुदा झन डर त्राश पैदा हुन थाल्यो।फेरि अर्को चेक जाँच आयो अनि फेरि उहीँ अगाडी जे खेलेको थियो तेहि कुरा खेल्न थाल्यो।तेहि बेला नेपाली सङै काम गर्नी साथीहरु जस्लाइ कोरोना पोजेटिभ देखिएको थियो उनिहरु सङ प्राय कुराकानीमा उनिहरु मध्री केहिलाइ जटिल र केहिलाइ सामान्री समस्या देखा परेको जानकारी हुन्थ्यो।येसरी डेढ महिना सकस पुर्न तरिका बाट कट्यो।जुन डेढ महिनाको समय मेरो लागि धेरै बर्ष जस्तो भयो। फेरि अर्को चेक जाच पछि सबै नेपाली साथीहरु लगायत सबैलाइ कोरोना नेगेटिभ देखियो।त्यति बेला सम्म कोरोनाको भ्याक्सिन आइसकेको थियो।अब सबै भ्याक्सिनको त्यारिमा लागिरहेका थिए।

    मिडियामा कोरोना भाइरस र कोभिड भ्याक्सिनबारे धेरै चर्चा परिचर्चा भइरहेका थिए। बास्तबमा भन्नु पर्दा नयाँ खोप भएकाले सुरुमा लगाउँ कि नलगाउँ भन्ने द्विविधा त सबै को मानसपट्लमा खेलेको थियो। लामो अनुसन्धान पनि भएको छैन र निकट भबिस्यमा के होला भन्ने पनि सबैमा एउटा कहुतुहल्ताको विषय बनेको थियो। एका थरिलाइ कोभिड नभएको,कोभिड रुममा मात्रै काम गर्नी अनि अर्का थरी कोभिड देखिएको तिनै प्रकरणका ब्यक्तिहरुको मनमा फरक फरक किसिममा कुराहरु खेलिरहेका थिए। अहिलेसम्म नलाए पनि संक्रमण भएको छैन भन्ने कोभिड नभएका तर दिन रात डिउटिमा खटिनीमा पनि रह्यो। अर्को तिर दिनरात कोभिड रूम्मा काम गर्निमा पनि हालसम्म कोभिड नभएको भएपनि कोभिडको भयाक्सिन लगाएपछी के हुनि कसो हुनि भन्नी त्रास उस्तै रह्यो।अब बाकी कोभिड देखा परेका होम आइसोलेसनमा बसेर कोभिड मुक्त भएकाहरुमा पनि तेस्तै कुरा खेली रहेको थियोे।

    बेलायत लगायत अन्य मुलुक तिर केहिलाई भ्याक्सिन लगाए पछि एलर्जी देखिएको रहेछ । पछि अनुसन्धन गर्दा उहाँहरुलाई पहिले नै एलर्जीको समस्या रहेछ भन्ने कुरा बाहिर प्रकाशमा आयो। म काम गर्नी ठाउमा पनि येहि विषयको बहस चलिरहेको थियो।डाक्टरको परामर्श अनुसार गर्बबतीमहिला,बालबच्चा भएकी स्तनपान गराइ रहेको अनि कोहि कसैलाइ एलर्जीको सम्स्या भयेको बाहेक अरुले लाउनी निर्णय भयो।मलाई एलर्जी जस्ता कुनै समस्या नभएकाले खासै केही हुँदैन होला भन्ने पनि लाग्यो तर मैले कोरोना लागेका बिरामी करिब ठण्रठछ बर्ष भन्दा माथिका बृद्धअबश्थाकालाई हेरबिचार गर्दै आएको हुनाले आफुमा दैनिक पिसिआर जाच गर्दा नेगेटिभ देखिएपनी मलाइ पनि एक किसिमको त्रास थियो। फेरि धेरै सोचें पछि, हामी जस्तो सत बुज अनि स्वास्थ्यकर्मीले नै विज्ञानमा विश्वास नगरे कसले गर्छ र सुरुवात नै हामी बाट गर्नु पर्छ भन्नी लाग्यो । त्यसपछि लगाउन ठूलो आँट साहास गरें।

    मैले कोभिड १९ विरुद्धको खोपको पहिलो र दोश्रो डोज लगाएँ। म काम गर्ने नर्सिङहोमले नै यसको व्यवस्था गरेको थियो। पहिलो डोज लगाएपछि त्यही हात थोरै दुखेको थियो । दोस्रो दिन असजिलो महसुस हुने भएको थियो। थकाई लाग्ने, हल्का टाउको दुख्ने भयो। त्यो अपेक्षित नै थियो। काममा निरन्तर आउदै थिए।पहिलो दोज लगाएको द्दज्ञ दिनमा अब मेरो दोस्रो डोज लगाउनु पर्नी थियो हिजो मात्र दोश्रो दोज लगाएको थिए।त्यो दोस्रो डोज लगाएपछी त्यही पहिलेको जस्तै समस्या देखा पर्यो।पहिला भ्याक्सिन लगाएको पाखुरामा जति बेसरी दुखेको थियो तेतिनै दुखेको महसुस भयो।अरु साथिहरुलाइ बुज्दा केही समस्या देखा परेको जस्तै जरो आउनी,ज्यान दुख्नी,घाटीमा समस्य र एलर्जिको समस्या देखा परेको जानकारी भयो।यो कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ । हामी स्वास्थ छेत्रमा र कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको थियो । सुरुमा कोरोना भाइरसको नाम सुन्दा नै डर त्रास पैदा हुन्थ्यो । पछि अमेरिका, बेलायत अनि युरोपका अन्य देशहरुमा आयो येति मान्छे मरे भनेको सुन्दा डर लग्द्थियो। कोरोना भाइरसको बिरामीहरु सङ घुल्मिल हुदा र डुउटिमा खटिँदाका कति तिता मिठा अनुभवहरु अहिले त धेरै इस्मरनमा छैनन होला। कोरोना भाइरसको बारेमा धेरै गहिराइमा जानकारी थिएन। कोभिड कसरी सर्छ र के गर्दा कस्तो अबस्थामा सर्छ भन्ने केही बुझाइ पनि एउटै थिएन। कसैले यो झप्पै सर्छ भन्थे त कसैले टिबीजस्तो हावाबाट पनि सर्छ भन्थे।कोहि कसैले कोभिड लागेको बिरामी ले छोएको ठाउँ छुदा र हाछिउ गर्दा सर्द्छ भन्दथिए। कसैले ड्रपलेटबाट मात्र सर्छ भन्ने कुरा पनि गरेकोले निकै अन्योल थियो र बेलाबेलामा येस्ता नियम परिवर्तन भइरहन्थ्यो ।

    नेपाल घरबाट र साथिभाइहरु बाट दिनहुँ फोन बाट जानकारी लिइरहनुहुन्थ्यो। कोरोनाको बिरामी हेर्नुपरेको छ, के हुन्छ, कसो हुन्छ भनेर सोधिरहनुहुन्थ्यो। जताततै डरको वातावरण थियो र त्यो स्वभाविक पनि थियो। अहिले त सबैलाई बानी परेको छ। अहिले फेरि कोरोना भाइरस नयाँ रुपमा देखा परेको कुरा आइरहेको छ। सरकारले कोभिड भ्याक्सिन सक्दो छिटो खोप ल्याउने वातावरण बनाउनुपर्छ र महामारी नियन्त्रण गर्न थप गम्भीर हुनुपर्छ जस्तो लाग्छ। खोप आएपछि पहिलो कसले पाउने र कसरी पारदर्शी रुपमा यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै संक्रमण हुने भएर अलि बढी सतर्कचाहिँ हुनै पर्छ ।मेरो अनुभवमा वास्तवमा कोरोना भाइरस भाइरल रुघा लाग्दा लाग्ने भाइरसजस्तै हो । येस्लाइ सरल र सहज सङ लिदापनि हुन्छ। कोरोना लाग्यो भन्दैमा मरिन्छ भन्ने होइन, डराउनु कत्ति पनि पर्दैन, आत्मबल बलियो बनाएर राम्रोसँग ध्यान दिए कोरोनालाई सहजै जित्न सकिन्छ । मानव शरीरमा भाइरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिन्छ । मैले म सङै काम गर्नी कोरोना पिजेटिब कोरोना संक्रमित क्वारेन्टाइनमा बसेका अरु साथी हरु सङ पनि कुराकानी गरेँ । त्यस क्रममा उहाँहरुमा फरक–फरक लक्षण भएको पाएँ । र साथै बिरामी को अबलोकनको क्रममा पनि धेरै कुरा जानकारी पाए।

    अहिले फेरि कोरोना भाइरस नयाँ रुपमा देखा परेको कुरा आइरहेको छ। सरकारले कोभिड भ्याक्सिन सक्दो छिटो खोप ल्याउने वातावरण बनाउनुपर्छ र महामारी नियन्त्रण गर्न थप गम्भीर हुनुपर्छ जस्तो लाग्छ। यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै संक्रमण हुने भएर अलि बढी सतर्कचाहिँ हुनै पर्छ ।मेरो अनुभवमा वास्तवमा कोरोना भाइरस भाइरल रुघा लाग्दा लाग्ने भाइरसजस्तै हो । येस्लाइ सरल र सहज सङ लिदापनि हुन्छ। कोरोना लाग्यो भन्दैमा मरिन्छ भन्ने होइन, डराउनु कत्ति पनि पर्दैन, आत्मबल बलियो बनाएर राम्रोसँग ध्यान दिए कोरोनालाई सहजै जित्न सकिन्छ ।

    मानव शरीरमा भाइरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिन्छ । मैले म सङै काम गर्नी कोरोना पिजेटिब कोरोना संक्रमित क्वारेन्टाइनमा बसेका अरु साथी हरु सङ पनि कुराकानी गरेँ । त्यस क्रममा उहाँहरुमा फरक–फरक लक्षण भएको पाएँ । र साथै बिरामी को अबलोकनको क्रममा पनि धेरै कुरा जानकारी पाए। यो भाइरसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता भएका, सामान्य स्वास्थ्य भएकालाई खासै केही असर गर्दैन । तर जसको शरीर कमजोर छ, पहिला निमोनियाको समस्या, मुटुको समस्या, उच्च रक्तचापको समस्या, मधुमेह, दम र मृगौलासम्बन्धी समस्या भएकालाई अलि गाह्रो बनाउन भने सक्छ । त्यसैले यो भाइरसबाट विजयप्राप्त गर्न आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुरा नियमित खानुपर्छ । यस्तो अवस्थामा खासै समस्या बनाउँदैन । र प्रोटिनयुक्त खानेकुरा नियमित खानुपर्छ भन्ने हो भने मलाई कोरोना नेगेटिभ रहे पनि मैले पनि ती
    प्रोटिनयुक्त खानेकुरा नियमित खानु पर्ने हो त काम को चपेटा अनि थकान अनि निन्द्राले गर्दा ती तत्वको कमि थियो तर मलाइ आजको मिति सम्म केही भएन।यो भन्नू को अर्थ यो होइन नि मलाइ केही नहोला ती प्रोटिनयुक्त खानेकुरा नियमित नखादा पनि तर अरुलाई तेस्तो गर्दा रोगको सिकार बन्नु पर्द्छ । येस बाट वचन हामिले खानपान र स्वस्थमा ध्यान भने दिनै पर्द्छ।
    संक्रमण भए पनि निम्न कुराहरुमा ध्यान दिन सके चाँडै भाइरसबाट सजिलै विजयी प्राप्त गर्न सकिन्छ–
    – दिनमा कम्तीमा ४ देखि ६ लिटरसम्म तातोपानि पिउने, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने, नियमित मास्क लगाउने, स्यानिटाइजर र पञ्जा प्रयोग गर्ने
    – मिल्छ भने दैनिक बिहान ८–१० बजेभित्र कम्तीमा आधा घण्टा घाममा बस्ने । यसो गर्दा शरीरलाई आवश्यक भिटामिन डी प्राप्त हुन्छ । र, अनावश्यक बाहिर ननिस्कने ।
    – सकभर आफ्नो काम आफैं गर्ने
    – नर्मल रुम तापक्रममा बस्ने
    – दैनिक ४–५ पटक तातो पानीको बाफ लिने
    – सकभर एसीको नजिक नबस्ने
    – अत्याधिक रुपमा भिटामिन सी पाइने फलफूलहरु आँप, सुन्तला, एभोकार्डो, कागती, मेवालगायत खाने, साथै भिटामिन सी क्यापसुल पनि लिन सकिन्छ
    – योगा गर्ने ,आत्मबल बढाउने, आफन्तसँग निरन्तर सम्पर्कमा रहने,मनिरन्जनात्मक क्रियाकलाप गर्नि
    – नियमित रुपमा हल्का सारिरिक व्यायम गर्ने, योगध्यान गर्ने
    – आफुलाइ असर नगर्नी भए जिरा, मरिच, अदुवा पानी, तातोपानीमा मह र कागती राखेर पिउने।यी सेबन गर्दा बडि गर्मी भै निन्द्रा नलाग्ने, आँखा पोल्ने पनि हुन सक्छ। दैनिक रुपमा पौस्टिक खानेकुरा खाने, समय समयमा तातो सुप पनि पिउने, खाना खाँदा अनिवार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरामा जोड दिने
    – मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने
    – खोकी लागेमा कफ सिरफ पिउने, ज्वरो आए खाना खाएर सिटामोल लिने
    – एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाछ्यु लागेमा रुमालले छोप्ने
    – नाक र मुखबाट लामो सास लिएर केही समय ५–६ सेकेन्ड रोकेर बिस्तारै फाल्ने । यसो गर्दा फोक्सोलाई राम्रो हुन्छ । सुत्दा घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सोलाई सहयोग पुग्छ ।
    – घाँटी दुखेको छ भने तातोपानीमा नुन राखेर सहन सक्ने गरी कुला गर्ने,
    – बिहान उठेर फ्रेस भएपछि १ गिलास तातोपानीमा २ चम्चा मह र कागती निचोर पिउने, चिसो खानेकुरा, फ्रोजन आइटम, मोही र दही क्तचष्अतथि ब्खयष्म गर्ने
    – क्वारेन्टाइनमा बस्दा आफूलाई मन पर्ने, भुलाउने कमेडी मूभी हेर्ने, आफन्तसँग हाँसीखुसी कुरा गर्ने, आफूलाई व्यस्त राख्दा दुखाइ कम हुन्छ ।
    अन्त्यमा म काम र्गे Archangelos Michael Eldery Nursing Home -AMEN_ निकोसिया,साइप्रसमा रहेको यो सस्थाका डाइरेक्टर (Ersi Michail) जस्ले येस्तो विषम परिस्थितिमा सम्पुर्ण कर्मचारीसँग २४ घन्टा खटिएर सुमधुर सम्बन्धको साथ हामी सबै कर्मचारीलाई आट साहस र हौसला प्रधान गर्नु भयो उहाँलाई हृदय देखि धन्यवाद दिन चाहान्छु।साथै संघस्थाका अन्य सदस्यहरु लगायत म सङै काम गर्नी नेपाली र विदेशी साथीहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।