आत्मिक असन्तुलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    आत्मिक असन्तुलन

    विवि श्रेष्ठ

    १४ फाल्गुन २०७७, शनिबार

    गतिशिलताको यो वृहतता भित्र भौतिकता घुलन जस्तै मस्तिष्कमा आत्मिक सन्तुलनको गति कसरी मापन होला ? सोचको विविधतामा हुने अस्वाभाविक परिवेशले जीवन नै धर्मराउने तत्वलाई निराकरण गर्न सक्ने ल्याकत कसरी राख्ने ? विश्वको परिवेशमा जतिसुकै समाजिक प्राणी भएता पनि सवैभन्दा अस्थिर जीवन नै मानव जातिको हो । देखिने जीवन र भोगिने जीवनको वीचमा देखिने खाडल देख्न आत्मिक नयन विना सम्भव हुदैन । सतहीमा जीवन जीउनेको भीडमा हेर्दा जीवन समान्य लागेता पनि त्यो सत्य होईन, सोचको विविधता भित्र रहेर नै जीवनको परिभाषा फरक फरक पाउन सकिन्छ । भौतिक शरिरभित्रको आत्मिक सुन्दरता अनुपम भएता पनि त्यही आत्मा भित्र जल्ने पीडाहरुको जननी खोज्नुपर्ने आवश्यकता भएको छ । सोचको विकास मस्तिष्कवाट भएता पनि त्यो सोचको मापन गर्ने ल्याकत खोज्नुपर्ने वेला भएको छ । विचारको प्रस्फुटन सकारात्मक एवं नकारात्मक भएता पनि त्यसको प्रयोग महत्वपुर्ण हुने रहेछ । त्यही विचारको समुचित प्रयोग नहुदाँ मानसिक रुपमा पर्ने असल असह्ैय हुने रहेछ । प्रयोगको विधिले विचारमा आउने विविधतालाई प्रभाव पार्ने रहेछ । मस्तिष्कमा उभारित ज्वालाको प्रभावले भौतिक शरिरलाई स्वत निष्क्रिय वनाईदिने रहेछ । गतिशिलता समयमा मात्र हैन, वातावरणीय प्रतिकुलतामा पनि पर्ने असरले सजीव प्राणी सवैमा प्रभाव पार्दे रहेछ । सधै एकैनासको पल नहुने सत्यतामा घुल्न नसक्दा जीवनमा हुने समान्य उथुलपुथलले समेत धेरै ठुलो ज्वाराभाटा पैदा गर्दो रहेछ ।

    आत्मा र मस्तिष्कको कम्पनलाई कसरी सन्तुलन वनाउने ? कहिल हुने मस्तिष्क किन केहि समयको अन्तरालमा नै निष्क्रिय वन्दछ ? मस्तिष्कमा आउने सोचहरु किन यति धेरै अस्थिर हुन्छन होला, वर्षायामको खहरे झै ? यहि मस्तिष्कको पदचापलाई सधै एकनासको वनाउन किन सकिदैन ? परिवेशको यो अनन्य जस्तै हुने हलचल नै प्रकृति रहेछ । सोच्नु र व्यवहारमा उतार्नु समान्य जस्तै लागेता पनि यसको धरातल विशाल रहेछ । यहि सोचको धुव्रिकरणले नै मानव जातिमा देखिने विभिन्न गतिविधीहरु जीवनका अंगहरु रहेछन् । आफनो सोचिएको त्यो अंगहरु आफना होईनन् । आत्मरतिको त्यो मनोगत भावनाले सवैलाई आफनो वशमा पारेको हुदाँे रहेछ । प्राप्तिको नाममा गरिने अनेक तिकडम त कमजोर मानसिकताको घोतक मात्र रहेछ । सारमा समान देखिने जीवनहरु सोचमा भने पृथक रहेको हुदो रहेछन् । प्राप्तिको परिभाषालाई सोचिय अनुकुलतामा प्रभाव पार्नेहरु जति कुर्लिए पनि त्यो फगत मिथ्या मात्र रहेछ । सुख र खुशीको परिभाषा प्राप्तिमा मात्र हुन्छ भन्ने अन्धविश्वासमा जकडिएकाहरुका विश्लेषण पनि पुर्ण होईन रहेछ । जुन समाजको अपव्ययमा जीवन गुजार्नेहरुको शैलीमा पाईन्छ । आवश्यकीय भौतिक वस्तुको उपलव्धता र निर्माण मानव जातिको नै भएता पनि त्यसमा निर्माण गरिने जौविक तत्वहरुहरु प्राकृतिकीय देन नै हो । वस्तुको महत्व समान हुन सक्दैन, तर त्यसको उपस्थिती विना त्यति सहज हुदैन । जसको जे जस्तो भुमिका र महत्व भएता पनि सारमा भने सोचको विविधता भित्रको एउटा रुप मात्र हो । जुन सवैले निश्चित ठाँउमा अवलम्वन गरिरहेको हुन्छन् ।

    भौतिक शरिरले सोचको विकास गर्दछ, वा सोचले भौतिक शरिरलाई चलायमान गराउँदछ ? या सोच र भौतिक शरिरलाई वातावरणले अधिनस्थ राख्दछ ? यसको जव आभास भई कार्यन्वयनको चरणमा जान्छ, जीवनको परिभाषा नै पृथक हुन्छ । यो सोचलाई अधिनस्थ वा कावुमा राख्ने सामथ्र्य कमैमा रहला । कल्पना र मायारुपी मोह भन्दा वाहिर गएर सोचिने यो विषय समान्य जीवन भित्र राखेर हेर्न सकिदैन । जटिल प्रकृतिको विषयमा सोच्ने हिम्मत त्यो भन्दा वढि जटिल सोच र सामथ्र्य हुनुपर्दछ । यसका लागी यहि प्रवृत्ति सहज मानिदैन । जसरी पल रोक्न सकिदैन, त्यसरी नै सोच पनि रोक्न सकिदैन, अन्य भौतिक वस्तु समेत प्रकृतिको अनुपम भित्र हार मानेको सन्दर्भमा अनुहारमा देखिएको चाउरीपन मात्र देख्नु भनेको मुर्खता मात्र हो । समाजिक गतिविधि, परिवेश सारथी मा हो, साध्य त सोच नै हो । सफलता भौतिकताामा मात्र हैन, आत्मिकतामा लुकेको हुन्छ भन्ने तथ्य जवसम्म सोच्ने हिम्मत हुदैन, जीवनलाई नजिकवाट नियाल्न सम्भव हुदैन ।

    व्यक्तिमा देखिने, दम्भ, मुर्खता भनेको साधन मात्र रहेछ, जीवनको यो महासागर भित्र छिरेर हराउने धृष्टता कमैले गर्दा रहेछ । किनकी त्यो महासागर भौतिक समाज जस्तो सहज हुदैन । यथार्थताको त्यो सुत्रमा छिर्नु भनेको मानविय जीवन नरक जस्तो लाग्दछ आम समाजलाई । तर त्यो नै वास्तविक जिवनको चित्रण हो । वातावरण, सोच र आत्मिक असन्तुलनको मेल नै समाजको तत्व हो । त्यहि तत्वमा हामी आश्रित छौ । त्यो तत्व भन्दा वाहिर वाँच्ने कल्पनाले यो अहिलेको जीवन सँग मेल खाँदैन । मस्तिष्कमा देखिने विचलित सोचहरु जीवन विताउने मेलो हुन् । एकमना सोचमा तगारो लगाउने तत्वहरु समाजको हरेक वायु र वस्तुकको कण कणमा अन्योन्याश्रित तवरले चलायमान वनेका छन् । त्यहि स्वचालित कणहरुलाई आत्मासाथ गरे वाँच्ने पल नै जीवन हो । मस्तिष्क र सोचको गतिलाई एकाकार वनाउनु भनेको असम्भवप्राय हो । मस्तिष्क आफैमा निर्मल हुन्छ । समाजिक तत्व र वातावरिणय प्रभाव नै मस्तिष्कलाई प्रभाव पार्ने मुल तत्वहरु हुन् । यहि समाजिक र वातावरणीय तत्वको सकारात्मक ग्रहण नै मस्तिकका अपव्यय हुन् जसले जीवनका साध्य वुझन महत्वपुर्ण भुमिका खेल्दछ । मस्तिष्कमा देखिएको सोचले नै जीवनको रेखा तय गर्दछ । त्यो आत्मिक सन्तुलन र असन्तुलनका रुपमा पनि देखिन सक्दछ ।
    वक्स १
    सोचको धुव्रिकरणले नै मानव जातिमा देखिने विभिन्न गतिविधीहरु जीवनका अंगहरु रहेछन् । आफनो सोचिएको त्यो अंगहरु आफना होईनन् । आत्मरतिको त्यो मनोगत भावनाले सवैलाई आफनो वशमा पारेको हुदाँे रहेछ । प्राप्तिको नाममा गरिने अनेक तिकडम त कमजोर मानसिकताको घोतक मात्र रहेछ ।