आँबुखैरेनीमा भूमिहिनको तथ्याङ्क सङ्कलन शुरु गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा भूमिहिनको तथ्याङ्क सङ्कलन शुरु गरिने

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने भूमिहिनको लगत सङ्कलन गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले आँबुखैरेनी गाउँपालिकासँग भूमिहिनको लगत सङ्कलनका लागि सम्झौता गरेसँगै गाउँपालिकाले कामलाई अगाडी बढाउन लागेको हो ।

    गाउँपालिकाले प्रत्येक वडामा लगत सङ्कलनकर्ता खटाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाको आयोजनामा मङ्गलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले सहभागीलाई सहजीकरण गर्नुभएको थियो । सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले वास्तविक भूमिहिनलाई जग्गा दिलाउने आयोगको लक्ष्य रहेकाले सोही बमोजिम लगत सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा आयोगका विज्ञ सदस्य दीर्घबहादुर दरै, सदस्य शान्ति कुवंर, गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता थियो ।

    लगत सङ्कलनकर्तालाई तालिम दिएर वडामा खटाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा वडामा ८ जना लगत सङ्कलनकर्ता परिचालन गरिनेछ ।