भारतमा दैनिक मृत्युको नयाँ रेकर्ड, एकैदिन ३६ सयभन्दा बढीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा दैनिक मृत्युको नयाँ रेकर्ड, एकैदिन ३६ सयभन्दा बढीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    एजेन्सी : भारतमा आइतबार महामारी सुरु भएदखिकै उच्च सङ्ख्यामा मानिसहरुको कोभिडका कारण मृत्यु भएको छ । एक दिन अगाडि मात्र भारत, एकै दिन ४ लाख बढी नयाँ संक्रमित फेला पर्ने विश्वकै पहिलो मुलुक बनेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३,६८९ को मृत्यु भएको छ । 

    आइतबार प्रधानमन्त्री मोदीले कोरोना संकटकै विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रीसँग भेटवार्ता पनि गरेका हुन् । बेड र मेडिकल अक्सिजनको अभावमा अहिले भारतभर अस्पतालहरु बिरामीको उपचार गर्न ठूलो संघर्ष गरिरहेका छन् । 

    तर यता कोरोना संक्रमण र मृत्युदरले दिनकै नयाँ रेकर्ड बनाइरहँदा कतिपय स्टेटहरुले चुनावका कार्यक्रमहरु आइतबार पनि जारी राखेका हुन् ।

    यस चुनावको नतिजाले मोदी र उनको पार्टीको समर्थनलाई महामारीले कत्तिको प्रभाव पारेको छ भन्ने अन्दाजा लगाउने हिसाबले हेरिएको छ । हाल महामारीका वावजुद मार्च र अप्रिलमा चुनाव प्रचार अभियानका ठुल्ठुला र्याली आयोजना गराएकामा उनको आलोचना भइरहेको छ ।