भानुका सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    भानु : भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । शाखाले विभिन्न वडामा रहेका १८ सामुदायिक विद्यालयलाई एक/एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको हो ।

    वैकल्पिक सिकाई सहजीकरणका लागि नगरपालिकाले स्मार्ट टेलिभिजन सहयोग गरेको शाखाका उपसचिव धु्रवराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले सबै विद्यालयलाई स्वअध्ययन सामग्री पनि वितरण गरेको छ ।

    नगरपालिकाको आन्तरिक स्रोतबाट खुल्ला टेण्डर गरी खरिद गरिएको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको जनाएको छ । “कोभिड–१९ को प्रभावबाट सिर्जित लकडाउनको अवस्थामा पनि बालबालिकाको शैक्षिक क्षतिलाई न्यूनीकरण गरी वैकल्पिक सिकाई सहजीकरणका माध्यमबाट घरमा नै बसेर अभिभावकको सहयोगमा सिकाई प्रक्रियामा सहभागी गराउन स्वअध्ययन सामग्री पनि बाँडेका छौ,” पौडेलले भन्नुभयो ।

    उक्त सामग्री सामुदायिक विद्यालयका शिक्षक तथा विज्ञ समूहबाट तयार गरिएको र निर्धारित पाठ्यक्रम अनुरुप तयार गरिएको छ । ९० कार्यदिनका लागि स्वध्ययन तथा अभ्यास सामग्रीहरु संयोजन गरिएको छ ।

    हिमालय मावि चाम्बास, जनजागृति मावि तुरतुरे, मस्र्याङ्दी आवि खहरे, कर्मदा मावि बाइसाँगर, कालिका मावि डुम्रीखर्क, पुर्कोट मावि बसन्तपुर, चोक मावि रामपुरेटार, जनजागृति मावि चिसापानी, त्रिभुवन मावि मानेचौका, राष्ट्रिय मावि मयाखु, निर्जला आवि देउरालीटार, सरस्वती आवि दूधेकुना, मनोहर मावि महन्तेहटिया, सरस्वतीसदन मावि मैवल, आदर्श सरस्वती मावि नाव्रुङ, चन्द्रावती मावि टुहुरेपसल, भानु संस्कृत मावि चुँदीगाउँ र नारायणी आवि बारीफाँटलाई स्मार्ट टेलिभिजन तथा स्वअध्ययन सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    भानुका सबै विद्यालयमा असार १ गतेदेखि भर्ना कार्यक्रम पनि सञ्चालन भइरहेको छ । नगरपालिकाले भर्ना अभियानको अनुगमन गरिरहेको छ ।