


तनहुँ : नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि मथुराकृष्ण श्रेष्ठले विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ। ऋषिङ-४ का १३ परिवारलाई उहॉले बुधबार खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।
बिहान बेलुका मजदूरी गरेर छाक टार्ने परिवार पहिचान गरी खाद्यान्न वितरण गरेको श्रेष्ठले जानकारी दिनुभयो । कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका ५० घरपरिवारलाई खाद्यान्न वितरण गर्ने उहॉले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा ऋषिङ-४ का वडाध्यक्ष भोजराज रानाभाट, नेपाली काङ्ग्रेस ऋषिङ-८ का सभापति भरतकुमार श्रेष्ठ, क्षेत्रीय सदस्य सुरजकुमार श्रेष्ठ, तरुण दल क्षेत्रीय सभापति दानबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।