नारी दिवसमा ऋषिङमा निबन्ध र लोकगीत प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    नारी दिवसमा ऋषिङमा निबन्ध र लोकगीत प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७८, बिहीबार

    दमाैली । ऋषिङ गाउँपालिकाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला निबन्ध र लोकगीत प्रतियोगिता गर्ने भएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ विषयमा गाउँपालिकास्तरीय महिला खुल्ला निबन्ध प्रतियोगिता तथा महिला लोकगीत प्रतियोगिता हुन लागेको हो ।

    फागुन २३ गते हुने महिला निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई रु दश हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच र सान्त्वना हुनेलाई रु तीन हजार प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

    यसैगरी फागुन २४ गते हुने लोकगीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार, रु सात हजार र तीन हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।