चुनावको दिन पानी पर्न सक्ने अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चुनावको दिन पानी पर्न सक्ने अनुमान

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    काठमाडौ । स्थानीय तह निर्वाचन हुने दिन अर्थात् वैशाख ३० गते पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । ‘प्रि मनसुन’ सुरु भएसँगै पछिल्ला दिनमा भइरहेको वर्षा वैशाख ३० गतेसम्म निरन्तर हुने अनुमान छ ।

    उक्त दिन केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र केही ठाउँमा आंशिक बदली हुने बताइएको छ ।

    अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । जसको असर चुनावको दिन पनि पर्ने मौसमविद्को अनुमान छ ।