एमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, मंगलवार

    काठमाडाै । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका व्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

    चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव गरे। उनले भने “राजनीतिमा राम्रा मान्छे नटिकुन भनेर गरिएको हतकण्डा हो तपाईंमाथिको आक्रमण, यसलाई दृढताका साथ सामना गरेर जनताको बलमा परास्त गर्नुपर्छ, हामी सबै तपाईंको साथमा छौँ, निरास नहुनोस् ।”

    अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ थिए ।