भानु। भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १४ लाख आठ हजारको बजेट पारित गरेको छ। गत असार ९ गते दशौ नगरसभामा प्रस्तुत उक्त बजेट शुक्रबार पारित भएको हो ।
नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालू तर्फ ५७ करोड ९८ लाख ६८ हजार र पुँजीगत तर्फ ३२ करोड १५ लाख ४० हजारको बजेट पारित गरेको हो ।