पोखरा विमान दुर्घटनाः सदाकतको शव परिवारलाई बुझाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा विमान दुर्घटनाः सदाकतको शव परिवारलाई बुझाइयो

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७९, सोमबार

    पोखरा । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ। पोखरा महानगरपालिका–१३ मियाँपाटनका २६ वर्षीय मियाँको शव सोमबार साँझ परिवारलाई बुझाइएको हो।

    उनी हजका लागि गएकी सानीआमालाई काठमाडौँ पुर्‍याएर फर्कने बेलामा सेती खोंचमा आइतबार भएको विमान दुर्घटनामा परेका थिए। उनको आइतबार नै सनाखत भएको थियो।

    पोखराको चिप्लेढुंगामा फेन्सी पसल सञ्चालन गर्दै आएका उनले अष्ट्रेलिया जाने तयारी गरिरहेका थिए। उनको आजै मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।

    आज तीन वटा शवको पोस्टमार्टम हुनेछ। पत्रकार त्रिभुवन पौडेल र लोकदोहोरी गायिका निरा छन्त्यालको शवको पोस्टमार्टम गरिने जनाइएको छ।

    भोलि बाँकी शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ। दुर्घटनामा परेर ज्यान गुमाएका २४ जनाको मात्रै पोखरामा पोस्टमार्टम हुनेछ।