गजल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    गजल

    आकाश अधिकारी

    २८ जेष्ठ २०८०, सोमबार

    अज्ञात सपना मनभित्र सजाई रहि कान्छीले!
    अपवाद् आँखामा आँसु बगाई रहि कान्छीले!

    फेरिपनि युद्धको उद्घोष् भएको छ देशमा!
    घर नफर्कनु भन्दै चिठी पठाई रहि कान्छीले!

    सोच्दैछन् लाखौं करोडौं आमाहरू सोच्दैछन्!
    के सोचेर गर्भको सपना तुवाई रहि कान्छीले!

    फुल्ने अभिलाषा मरुभूमिमा पनि हुन्छ फुलको!
    भेट्ने आशमा हातको चुरा फुटाई रहि कान्छीले!

    आकांक्षा मरेको छैन भेट्ने आश टरेको छैन!
    परदेशिको चिट्ठी पत्र फुकाई रहि कान्छीले!!