अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८०, आईतवार

    काठमाडाै । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् ।

    १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा ‘की नोट स्पिकर’को रूपमा चुनिएका छन् ।  

    युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो ।

    विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर,  पार्लियामेन्ट फिडरल एमपी,  ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ ।

    उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा. कोइरालाको नाम  सिफारिस गरेका थिए ।

    जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो ।

    यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो । बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै  अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् ।

    कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् ।

    यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो ।

    नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।