पोखरा। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको प्रथम अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । पोखरामा सुरु हुने प्रथम अधिवेशनको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
शनिबारसम्म सञ्चालन हुने अधिवेशनले नयॉ नेतृत्व चयन हुने अनेरास्ववियु गण्डकीका संयोजक आरके पोख्रेलले जानकारी दिए । उनका अनुसार अधिवेशनमा तीन सय प्रतिनिधिको सहभागिता रहनेछ ।