काठमाडौँ । पाटन उच्च अदालत पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालतका न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनकाे नियुक्ति तत्कालका लागि रोकेको हो।
लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको योग्यता र मापदण्ड नपुगेको भन्दै पुस २६ मा पुनविरुद्ध उच्च अदालत पाटनमा भरत मरासिनीले रिट निवेदन दर्ता गरेका थिए।