मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौं । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।

    उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।

    विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन ।उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।