काठमाडौ । पछिल्लो समयमा अभियन्ताका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार विद्युतीय कारोबार कसूरअन्तर्गत प्रसाईंसहित तीन जनाविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशले पक्राउ अनुमति दिएकाे स्रोतले बतायो । प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।