शुक्लागण्डकी महिला उद्यमी विकास समितिमा नयॉ नेतृत्व, सभापतिमा मनिषा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी महिला उद्यमी विकास समितिमा नयॉ नेतृत्व, सभापतिमा मनिषा

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको सभापतिमा मनिषा विक निर्वाचित भएकी छन्।

    समितिको प्रथम अधिवेशनबाट विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। समितिको वरिष्ठ उपसभापतिमा सरस्वती पोखरेल, उपसभापतिमा उषा श्रेष्ठ, सचिवमा झ्यामकुमारी थापा, सहसचिवमा सुभद्रा लम्साल, कोषाध्यक्षमा बिनीता श्रेष्ठ, र सदस्यहरूमा पविना लामगादे, रविना श्रेष्ठ, विनिता बिक, गुनुसिरी गुरुङ, शर्मिला श्रेष्ठ, भगवती पौडेल पार्वती थापा र संगीता ढकाल निर्वाचित भएका छन् ।