१२ वर्षपछि घरेलु मैदानमा गुमायो भारतले टेस्ट सिरिज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    १२ वर्षपछि घरेलु मैदानमा गुमायो भारतले टेस्ट सिरिज

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८१, शनिबार

    काठमाडौँ । घरेलु मैदानमा भारतले न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाएको छ। भारत पुनेमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डसँग १ सय १३ रनले पराजित भयो। भारतीय टिमले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको हो। पछिल्लो पटक भारत २०१२ मा इंग्ल्यान्डविरुद्ध घरेलु मैदानमा पराजित भएको थियो।

    दोस्रो खेल गुमाएसँगै किवी टोलीले तीन खेलको श्रृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ। अन्तिम टेस्ट खेल आगामी १ नोभेम्बरमा मुम्बईको वांखडे स्टेडियममा सुरु हुनेछ।

    शनिबार भएको तेस्रो दिनको खेलमा ३ सय ५९ रनको लक्ष्य चेज गर्न उत्रिएको भारत दोस्रो इनिङ्समा २ सय ४५ रनमा समेटिएको थियो।
    त्यसअघि न्युजिल्यान्डले दोस्रो इनिङ्स २ सय ५५ रन बनायो। पहिलो इनिङ्समा २ सय ५९ रन बनाएको किवी टोलीविरुद्ध भारत १ सय ५६ रनमै समेटिएको थियो। मिचेल स्यान्टनरले पहिलो इनिङमा ७ तथा दोस्रो इनिङ्समा ६ विकेट लिएका थिए।

    दोस्रो इनिङ्समा न्युजिल्यान्डका कप्तान टोम लाथमले ८६ रनको इनिङ खेल्दा ग्लेन फ्लिप्सले ४८ तथा टोम ब्लन्डेलले ४१ रन बनाए। त्यस्तै, विल योङले २३ रन बनाउँदा ड्यारियल मिचेलले १८ रन बनाए। भारतका लागि वासिङ्टन सुन्दरले ४ विकेट लिँदा रवीन्द्र जडेजाले ३ विकेट लिए।

    ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारतका लागि यशस्वी जैसवालले ७७ रन बनाउँदा शुभमन गिलले २३ रन जोडे। त्यस्तै, रवीन्द्र जडेजाले ४२ रन बनाउँदा रविचन्द्रन आश्विनले १८ रन बनाएका थिए। भारतलाई पराजित गर्न मिचेल स्यान्टनरले ६ विकेट लिँदा अजाज पटेलले २ र ग्लेन फ्लिप्सले १ विकेट लिए।