पक्राउ परे नकबजनी चोरीका फरार प्रतिवादी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    पक्राउ परे नकबजनी चोरीका फरार प्रतिवादी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । नकबजनी चाेरी मुद्धाका फरार प्रतिवादी बिहीबार पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुँकाे बन्दीपुर गाउँपालिका-५ झारगाउँका २८ वर्षीय रुपराज गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । उनलाई निजकै घरबाट पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।

    निज विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७३ कार्तिक १८ गते ६ महिना कैद र रु ५१ हजार ७ सय ५० जरीवानाकाे फैसला सुनाएकाे थियाे । गुरुङलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएकामा अदालतकाे आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएकाे छ ।

    प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट
    फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका
    व्यक्तिहरुकाे खाेजी कार्यलाई तीव्र बनाएकाे छ ।