मलको सहज व्यवस्थापन मिलाउन सांसद श्रेष्ठको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मलको सहज व्यवस्थापन मिलाउन सांसद श्रेष्ठको आग्रह

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८१, बुधबार

    दमौली । बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले किसानका लागि मलको सहज व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    पूर्वमन्त्री श्रेष्ठले बुधबार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीसँग भेट गर्दै बाराका कृषकलाई सहज रुपमा मलको व्यवस्थापनका लागि आग्रह गरेका हुन् ।

    मल नपाएर कृषकलाई वर्षेनी समस्या हुँदै आएकाले त्यसतर्फ ध्यान दिन श्रेष्ठले मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका छन् ।