पाेखरा । गण्डकी प्रदेशमा शनिबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जनाए अनुसार बागलुङ, पर्सा र कास्कीका तीन जनामा कोरोना पुष्टि भएको हो ।
बागलुङको बागलुङ नगरपालिका–१० का ३८, पर्साका ४२ र पोखरा महानगरपालिका–२७ का ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ३ पुगेको छ ।