मिर्गौला पीडितलाई मनकामना नेवा खलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई मनकामना नेवा खलको सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई मनकामना नेवा खल भादगाउँले आर्थिक सहयोग गरेको छ । श्रेष्ठलाई नेवा खलले रु १० हजार ६ सय ४५ सहयोग गरेको हो ।

    उक्त रकम आइतबार नेवा खलका अध्यक्ष मन्तुराज श्रेष्ठले मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहॉको उपचारका लागि सहयोग होस् भन्ने हेतुका साथ आर्थिक सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

    विगत १८ महिनादेखि दुवै मिर्गौला फेल भएर दमौली अस्पतालमा डायलासिस गराउँदै आउनुभएका उहॉका छोरा सुवासको गत साउन २१ गते कामको शिलशिलामा करेन्ट लागेर निधन भएको थियो । श्रेष्ठ परिवारको बारेमा जानकारी पाएपछि विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले सहयोग गर्ने जारी छ ।