बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो ।

          जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । कोरोना कहरका कारण भवन निर्माणमा ढिलाई भएको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । “कोभिड–१९ को सङ्कट नभएको भए यतिबेलासम्म धेरै काम अगाडी बढिसक्थ्यो, तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

          उक्त भवनमा ६ कोठा हुनेछन् । त्यसका अलवा शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुनेछ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहज रुपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्,” पोख्रेलले भन्नुभयो ।

          उक्त अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ ।

          भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो । गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब रु ७५ लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडी बढ्न सकेको थिएन ।